राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरिरहेका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासबाट राष्ट्रपति रामचन्द्र पौडेल अपरान्ह ४ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवन पुगेका हुन्।
उनी संसद भवन जाँदा सडक खाली गराइएन। यसअघि राष्ट्रपतिको सवारी हुँदा सडक खाली गराइएको भन्दै आलोचना हुने गरेको थियो।
राष्ट्रपति पौडेलको सवारीमा भने सर्वसाधरणलाई कुनै असर परेको छैन। राष्ट्रपतिको सवारीका क्रममा सर्वसाधरणहरूले निर्वाध सडक प्रयोग गर्न पाएका छन्।
तस्बिरहरूः
66
Shares
प्रतिक्रिया