सरकारले विदेशमा बस्ने नेपाली नागरिकका लागि मतदान गर्न पाउने व्यवस्था गरेको छ।
शुक्रबार संसदमा प्रस्तुत भएको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको छ।
साथै, नागरिकतासम्बन्धी समस्या अविलम्ब समाधान गर्ने उल्लेख छ।
सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने भएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
36
Shares
प्रतिक्रिया