ad ad

राजनीति


अहिले उपलब्ध इन्टरनेटमा गुणस्तर, स्तर, क्षमता र निरन्तरता केही छैन : सांसद पौडेल

अहिले उपलब्ध इन्टरनेटमा गुणस्तर, स्तर, क्षमता र निरन्तरता केही छैन : सांसद पौडेल

नेपालखबर
जेठ ८, २०८० सोमबार १२:२३, काठमाडौँ

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इन्टरनेट कम्पनीहरू सेवाको गुणस्तर वृद्धि गर्नुभन्दा रातारात मिलेर मूल्य बढाउन लागिरहेको बताएका छन्।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै संसद पौडेलले इन्टरनेट कम्पनीहरूले मिलेमतोमा बढाउने अनुचित मूल्यलाई तत्काल रोक्न माग गरे। 

‘इन्टरनेट सेवा प्रदान गर्न प्रतिष्पर्धा गरिरहेका सेवा प्रदायक कम्पनीहरुले  सेवाको गुणस्तर वृद्धि गर्नुभन्दा रातारात मिलेर मूल्य बढाउन लागिरहेका छन् भन्ने सुन्नमा आएको छ,’ संसद्‌मा पौडेलले भने, ‘कम्पनीहरूले मिलेमतोमा बढाउने अनुचित मूल्यलाई तत्काल रोक्न र उनीहरूलाई स्वस्थ प्रतिष्पर्धाबाट गुणस्तरीय सेवा उपलब्ध गराउने वातावरण निर्माण गर्न  ध्यानाकर्षण गर्न चाहन्छु।’

उनले  राज्यले सबै क्षेत्रलाई प्रविधिकरण गर्न राष्ट्रिय अभियान जस्तै सुरु गरेको बताउँदै प्रविधिकरणका लागि इन्टरनेट अनिवार्य भएको बताए। 

अहिले उपलब्ध सेवामा गुणस्तरीयता, स्तरीयता, क्षमता, निरन्तरता केही नभएको उनले बताए।

उनले  सेवा अवरुद्ध हुँदा अवधि बराबरको सेवा प्रदान गर्ने वा अवरुद्ध अवधिको शुल्क नलाग्ने शर्तसमेत पालना नगरिएको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .