ad ad

राजनीति


प्रधानमन्त्रीको जवाफ : बोआओ फोरम जाने योजना हामीले होइन, चीनकै आग्रहमा रोकियो

प्रधानमन्त्रीको जवाफ : बोआओ फोरम जाने योजना हामीले होइन, चीनकै आग्रहमा रोकियो

राष्ट्रियसभामा बोल्दै प्रधानमन्त्री प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
जेठ ९, २०८० मंगलबार १५:३७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारको नेतृत्व लिएपछि पहिलो भ्रमणका रुपमा भारत र चीन जता गरे पनि हुने बताएका छन्। 

गत शुक्रबार संसद्को संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको मंगलबार राष्ट्रियसभामा जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। ‘हामीले भारत र चीन भ्रमण पहिले कुनमा गर्ने भनेर कहीँ भनेका छैनौँ, लेखेका छैनौँ’, उनले भने, ‘त्यसको उदाहरण म आफैँ पनि यहीँ छु।’ 

गत चैत १४ देखि चार दिनसम्म चीनको बोआओ सहरमा भएको उक्त फोरममा जाने योजना नेपाल सरकारका कारण रद्द नभएको उनले बताएका हुन्। 

‘चीनले बोआओ फोरममा निम्ता गरेकै हो। त्यहाँ नजाने भनेर नेपाल सरकारले निर्णय गरेको होइन’, उनले भने, ‘त्यसबेला राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको चटारो थियो। गठबन्धन पनि टुट्ने फुट्ने भइरहेको थियो।’

त्यहीकारण चिनियाँ राजदूतले नै आफूलाई भेटेर बोआओ फोरममा जान अफ्ठ्यारो पर्न सक्ने भनेको पनि उनले खुलाए। 

‘चिनियाँ राजदूतले नै उपराष्ट्रपति र राष्ट्रपति निर्वाचनबारे बुझेर तपाईंलाई निकै अफ्ठ्यरो देखिन्छ। बोआओ फोरममा जान नसकिएला कि भन्नु भएको हो’, उनले भने, ‘त्यसपछि मैले अफ्ठ्यारो बुझिदिनु भयो भनेर धन्यवाद भनेको हुँ। तर हाम्रा कारण चीन जाने योजना रोकिएको होइन।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .