रास्वापा सांसद शिशिर खनालले भुटानी शरणार्थी प्रकरणमा दोषीहरूलाई जोगाउन लागिएको आशंका व्यक्त गरेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भुटानी शरणार्थी प्रकरणमा ब्लगबस्टर फिल्म नै हेर्नपाइन्छ भनेर प्रधानमन्त्रीले देखाएको ट्रेलरका आधारमा उत्साहित भएको तर फिल्मको दृष्यमा भने धेरै काँटछाँट हुन थालेको बताए।
'भुटानी शरणार्थी प्रकरणमा ब्लगबस्टर फिल्म नै हेर्नपाइन्छ भनेर प्रधानमन्त्रीले देखाएको ट्रेलरका आधारमा उत्साहित भइयो, तर यो फिल्मको दृष्य यति काँटछाँट हुन थालेको छ कि फिल्म त साह्रै बकवास हुन थालेको छ,' उनले भने।
खनालले रास्वपाले यो फिल्म हेरेर नबस्ने बताउँदै आईजीपी, पूर्वसचिव, पूर्वमेयर, पूर्वप्रधानमन्त्रीका सचिवको नाम पनि जोडिएकाले छानबिन गरी कारवाहीको दायरामा ल्याउन माग गरे।
'नो इफ, न बट सबैमाथि छानबिन र कारवााही होस्,' उनले भने।
Shares
प्रतिक्रिया