राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले प्रतिनिधिसभा बैठकमा शरणार्थी प्रकरणमा प्रहरी प्रमुख पनि जोडिएकोबारे सभामुखको ध्यानाकर्षण गराएका छन्।
बुधबार संसद् बैठकमा बोल्दै उनले प्रहरी महानिरीक्षक वसन्त कुँवर पनि छानबिन हुनुपर्ने संदिग्धको सूचीमा थपिएको उनले बताए।
'नक्कली शरणार्थी प्रकरणमा छानबिन हुनुपर्ने संदीग्धको सूचीमा प्रहरी प्रमुख पनि थपिएको दुखद आरोप छ। कानुनको लामो हातबाट कोही भाग्न सक्नेछैन। दण्डहीनताको यो निकृष्ट चुरिफुरी, यो नाटक कति लम्बिन्छ हामी हेर्नेछौँ,' उनले भने।
63
Shares
प्रतिक्रिया