जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षसमेत रहेका सांसद उपेन्द्र यादवले राष्ट्रिय योजना आयोग खारेजको प्रस्ताव गरेका छन्।
प्रतिनिधिसभा बैठकमा जारी सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै बुधबार उनले आयोग खारेजको प्रस्ताव गरेका हुन्।
आयोग खारेज गरेर प्रधानमन्त्रीको आर्थिक सल्लाहकार समिति निर्माण गर्दा हुने यादवको भनाइ छ।
‘राष्ट्रिय योजना आयोगलाई पुर्नसंरचना गर्ने कुरा गर्नुभएको छ। राष्ट्रिय योजना आयोगको कुनै कामै छैन। यसलाई खारेज गरिदिए हुन्छ,’ उनले भने, ‘यसलाई खारेज गरेर प्रधानमन्त्रीको आर्थिक सल्लाहकार समिति निर्माण गरे हुन्छ।’
आयोगको कुनै काम नभएको जिकिर गर्दै यादवले यसले खर्चमात्रै बढाउने काम गरेको पनि बताए।
‘यो काम न काजको संस्था खडा गरेर खर्चमात्रै बढ्ने काम भएको छ,’ उनले भने, ‘कुनै उपयोगिता छैन। काम छैन।’
33
Shares
प्रतिक्रिया