अभिनेता एवं फिल्म निर्माता दीपकराज गिरीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको प्रशंसा गरेका छन्।
कलाकार गिरीले शाह र साम्पाङलाई ‘सुपरहिट’ मेयरको संज्ञा दिएका छन्। र, उनीहरूजति चर्चित देशका अन्य मेयर नभएको दाबी गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘मेयरको रूपमा बालेन र हर्कजति अरू मेयरहरू किन सुपरहिट छैनन्? किनकि दुवैलाइ पार्टीको लगाम छैन। यसबाट के बुझ्ने?’
213
Shares
प्रतिक्रिया