ad ad

राजनीति


निर्मल लामा स्मृति प्रतिष्ठानलाई लिजमा जग्गा दिने निर्णयप्रति पौडेलको आपत्ति

निर्मल लामा स्मृति प्रतिष्ठानलाई लिजमा जग्गा दिने निर्णयप्रति पौडेलको आपत्ति

नेपालखबर
जेठ १०, २०८० बुधबार १३:५७, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौं महानगरपालिका–५ मा रहेको सार्वजनिक जग्गा निर्मल लामा स्मृति प्रतिष्ठानलाई लिजमा दिएको भन्दै आपत्ति जनाएका छन्।

मन्त्रिपरिषद्को निर्णयमार्फत् भत्केको पुल साविक धोबीखोला आसपास रहेको ५.११ रोपनी सार्वजनिक जग्गा प्रतिष्ठानलाई ४० वर्षका लागि लिजमा दिएको भन्दै उनले आपत्ति जनाएका हुन्।

काठमाडौंमा बढ्दो जनसांख्यिक चापलाई बुझेर सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने अनिवार्य अवस्थाको खिलाफ कुनै व्यक्ति वा संस्थालाई व्यापारिक स्वार्थका लागि लिजमा दिने विषय अत्यन्तै आपत्तिजनक भएको पौडेलको भनाइ छ।  

‘लामो समयदेखि व्यक्तिले अतिक्रमण गर्न खोजेको प्रयासलाई स्थानीयवासीले संघर्ष समिति बनाएर सार्वजनिक गुठीअन्तर्गत ल्याएको, २०७६ माघमा अदालतले समेत मुद्दा छिनोफानो गरेको र स्थानीयस्तरबाट नै सार्वजनिक खेलकुद पार्क बनाउन पहल भइरहेको जग्गालाई लिजको सम्पूर्ण प्रकियासमेत पूरा नगरी मिलेमतोमा प्रतिष्ठानलाई दिने निर्णय स्वीकार्य हुनसक्दैन,’ उनले फेसबुकमा लेखेका छन्।  

पौडेलले स्थानीय जनप्रतिनिधि र स्थानीयवासीले समेत निर्णयको विरोध गरिरहेको स्थितिमा सरकारले निर्णयलाई तत्काल खारेज गर्नुपर्ने पनि बताएका छन्।

‘काठमाडौं उपत्यका लगायत सबै क्षेत्रका सार्वजनिक जग्गाको अतिक्रमण रोक्न कडा कानुन तथा संरक्षणका लागि विशेष नीति निर्माण गर्न जोडदार माग गर्दछु,’ उनले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .