प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमण दलमा अन्य पाँचजना मन्त्री पनि भारत जाने भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री प्रचण्डको चार दिने भारत भ्रमण कार्यक्रम स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
उनका अनुसार १७ जेठदेखि २० गतेसम्म हुने भ्रमणका क्रममा विभिन्न सम्झौता तयारी छ।
मन्त्री शर्माका अनुसार प्रधानमन्त्रीसँग भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्ति बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, अर्थ डा. प्रकाशशरण महत र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल रहने भएका छन्।
117
Shares
प्रतिक्रिया