नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)ले कूटनीतिक सम्बन्ध तथा राष्ट्रिय सुरक्षा सल्लाहकार विभागको जिम्मेवारी पाएका छन्।
७ उपाध्यक्ष मध्ये चौथो वरियतामा रहेका थापाले कृषि तथा उद्यमशीलता सम्बन्ध विभागहरुको पनि नेतृत्व गर्नेछन्।
ओलीलाई फेरि अध्यक्ष बन्ने बाटो खोल्न ७० वर्षे उमेरहद हटाउने एमालेको निर्णय
पञ्चायतकालीन मालेको शैलीमा नेताहरूलाई जिम्मेवारी दिँदै एमाले
माओवादीको दश वर्षे जनयुद्धमा सहभागी हुँदा पनि बादलले सैन्य विभाग नै हेरेका थिए।
शान्ति प्रक्रियामा आएपछिको पहिलो संविधान सभा चुनावमा ठूलो दल भएपछि प्रचण्ड नेतृत्वमा सरकार गठन हुँदा बादल रक्षामन्त्री बनेका थिए। तर, प्रधानसेनापति रुक्मांगत कटुवालसँग विवाद भएपछि उनले कारबाहीको सिफारिस गरे, उनलाई हटाउने निर्णय गर्दा प्रचण्ड सरकार ढलेको थियो।
२०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादीबीच एकता भएर बनेको नेकपा भंग गरिदिएको थियो।
दुई पार्टीको एकता भंग भएपछि बादलसहित ४ नेताहरु माओवादीमा फर्किएनन्। उनीहरु एमालेमै बसेका थिए।
चितवनमा भएको एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा बादल उपाध्यक्ष निर्वाचित भएका हुन्।
उनीसहित एमालेले सबै पदाधिकारीको जिम्मेवारी तोकेको छ।
मंगलबार पठाइएको अन्तरपार्टी निर्देशन (अपानी)मा नेताहरुको कार्यविभाजन उल्लेख गरिएको छ।
अपानी पूर्णपाठ :
Shares
प्रतिक्रिया