ad ad

राजनीति


ओलीको आक्रोश : पहिचानवादको संरक्षक प्रचण्डपथ देशद्रोही र अपराधीपथ

ओलीको आक्रोश : पहिचानवादको संरक्षक प्रचण्डपथ देशद्रोही र अपराधीपथ

नेपालखबर
जेठ २५, २०८० बिहिबार १६:३, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पहिचानवादीहरुलाई प्रोत्साहीत गरी एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाएका छन्।

बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी एमालेमा समाहित भएका मुकुन्द न्यौपानेसहितका नेता, कार्यकर्तालाई स्वागत गर्दै उनले यस्तो बताएका हुन्। उनले पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला गरिरहेको बताए।

उनले कोशी प्रदेशमा सत्ता संरक्षित अपराधिक घटनाहरु भइरहेको दाबी गरे। उनले पहिचानवादीका नाममा सत्तापक्ष नै मुठभेड गराउन लागिपरेको भन्दै अब नेकपा एमाले प्रतिवादमा उत्रिने बताए। उनले एमालेले पहिचानका नाममा भइरहेका अपराधिक क्रियाकलापको सामना गर्न नडराउने बताए।

अध्यक्ष ओलीले नेपाललाई जातिजातिका नाममा दंगाफसाद गराउने षड्यन्त्रबाट प्रधानमन्त्री पुष्पकमल दाहालले देशभर पहिचानको विष फैल्याउने कोशिस गरेपनि सफल नबनेको बताए। पहिचानवादको संरक्षक पुष्पकमलवादीहरु भएको भन्दै प्रचण्डपथ देशद्रोही र अपराधी पथ भएको जिकिर गरे।

उनले भने, ‘सरकारले यो गराइरहेको छ भने एमाले चुप लागेर बस्न सक्दैन। हाम्रो कार्यकर्ताको रक्षा आफैँले गर्नुपर्छ भने, गुण्डाहरु न नियन्त्रण गर्छ, न समात्छ, प्रोत्साहित गरेको छ प्रचण्ड सरकारले। अब जवाफ दिनुपर्ने बेला आइसकेको छ। पहिचानवादको संरक्षक यो पुष्पकमलवादीहरु प्रचण्डपथ हो। प्रचण्डपथ अझै गएको छैन। यो देशद्रोही र अपराधी पथ हो।’

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले कोशी प्रदेशको नाम आफैँ सहमतिका साथ राखेर देशमा आन्दोलन भड्काउन फेरि पहिचानवादीको पक्ष लिइरहेको बताए।

उनले भने, ‘नेपाललाई जातिजातिका नाममा दंगाफसाद गराउने, यो किराँत प्रदेश राख्न खोजेको किन रहेछ भने हामीले देख्दैछौँ नि। नराख्दा यस्तो छ, राख्ने भए के हुन्थ्यो। गैर किराँत त बस्न पनि नपाउने अवस्था बन्ने रहेछ नि त। प्रचण्डले सकेन यो विषको आगो फैल्याउन, प्रचण्डले खोजेको हो, देशभर विषको आगो फैल्याउन, पहिचानको राजनीति ल्याउन, जात जातका राज्य, यो कोशिष गरेको हो। भड्काउन, बिथोल्न खोजेको हो। प्रचण्डहरुको यसमा प्रत्यक्ष संलग्नता देखियो, नाम राख्ने, अलि पछि गल्ती भयो भन्ने पुनःविचार गर्नुपर्छ भन्ने र त्यता मान्छे भड्काउने।’

उनले उनले भने, अहिले पहिचानवादीका नाममा विभिन्न ठाउँमा एमालेमाथि हमला भइरहेको तर सरकारले केही नगरेको दाबी गरे। उनले प्रदेश सभा सदस्य राम रानालाई मोबिल छर्किएर आगो लगाउने प्रयास भएको भन्दै अब प्रतिवाद गर्ने चेतावनी समेत दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .