नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आइतबारको संसदमा प्रस्तुत गरेको भनाई रेकर्डबाट हटाउन माग गरेका छन्।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए। आइतबार नै सर्वोच्चमा प्रधानमन्त्री प्रचण्डविरुद्ध मुद्दा दर्ता भएको थियो।
सोही विषयमा प्रतिनिधिसभा बैठकमा राजीनामा मागेपछि समय माग गरी बोल्दै सांसद सापकोटाले राप्रपा प्रमुख सचेतक शाहीले व्यक्त गरेको धारणा संसद रेकर्डबाट हटाउन माग गरे।
सर्वोच्चमा मुद्दा दर्ता भएपछि राप्रपा सांसद शाहीले संसदबाटै मागे प्रधानमन्त्रीको राजीनामा
‘भर्खरै मान्युज्युले केही आफ्ना कुरा राख्नुभयो। उहाँले हाम्रो नियमावलीको कुन धारा आकर्षित गरिने कुरा राख्न्नुभयो र प्रधानमन्त्रीलाई उहाँले एकोहोरो गैरराजनीतिक तरिकाले लखेटिरहनुभएको छ,’ सापकोटाले भने, ‘प्रधानमन्त्रीको हुर्मत दिनु भनेको राष्ट्रको हुर्मत दिनु हो, म तत्काल भर्खर व्यक्त गर्नुभएको मान्यका धारणाहरू रेकर्डबाट हटाउन माग गर्दछु।’
सांसदहरूको भनाइपछि सभामुख देवराज घिमिरेले आफ्नो ध्यान आकर्षण भएको बताए।
प्रतिनिधि सभाको अर्को बैठक सोमबार १ बजेका लागि बोलाइएको छ।
Shares
प्रतिक्रिया