ad ad

राजनीति


‘भारतले जे भन्यो त्यही मान्दा देश अस्थिरतातर्फ धकेलियो’

‘भारतले जे भन्यो त्यही मान्दा देश अस्थिरतातर्फ धकेलियो’

नेपालखबर
जेठ ३१, २०८० बुधबार १६:५५, हेटाैँडा

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन बनेपछि मुलुक अस्थिरतातर्फ थकेलिएको बताएका छन्। हालको गठबन्धनले स्वतन्त्रतातर्फ नभएर बिस्तारै शक्तिकेन्द्रतर्फ धकेल्न लागिरहेको उनले बताए।

बुधबार मकवानपुरमा भएको जिल्लास्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले सरकारप्रति तीब्र असन्तुष्टि जनाए।

‘नेपाल र भारतको बीचमा डरलाग्दो व्यापार घाटा छ। भारतमा उत्पादन भएका सामानहरु खुरुखुरु हाम्रो भान्सासम्म पुगेका छन्। उनले भने, ‘नेपालमा उत्पादन हुने सामानहरु पनि भारतबाट आयात गरे जसरी नै निर्यात गर्न सके नेपालको मुहार फेरिनेमा सरकार त्यसतर्फ लागेको पाइएको छै।’

भारतले जे भन्यो सोही कुरामा सरकार सकारात्मक देखिँदा नेपाल अस्थिरतातर्फ धकेलिएको बताउँदै उनले भने, ‘नेपालको उर्जा उत्पादनमाथि भारतले एकप्रकारको वर्चश्व कायम गर्न खोजिरहेकोमा अहिलेको सरकार मौन बस्नु मुलुकको हितमा छैन।’

साथै, पछिल्लो समयमा राष्ट्रिय राजनीति अप्ठेरो अवस्थामा पुगेको एमाले नेता ज्ञवालीले बताए। अहिले एमालेभित्र पनि वैचारिक काम कम हुँदै गएको उनले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .