महत्त्वपूर्ण केही निर्णय गर्न आज (बिहीबार) मन्त्रिपरिषद्को बैठक बस्दै छ।
एक मन्त्रीका अनुसार बैठक अहिले बिहान साढे ९ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु हुनेछ।
आजको बैठकले मुख्यसचिव परिवर्तन तथा राजदूत नियुक्तिबारे निर्णय गर्ने स्रोतले जनाएको छ।
स्रोतका अनुसार वर्तमान मुख्य सचिव शंकरदास वैरागीलाई राजदूत बनाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी सरकारले गरेको छ।
‘वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी छ’, मन्त्रिपरिषद् स्रोतले बिहीबार बिहान नेपालखबरसँग भन्यो, ‘वैरागीले न्यूयोर्कका लागि राजदूत बन्ने चाहना देखाएका छन्।’
उक्त तयारीमा कुनै फेरबदल नआए अर्याल मुख्यसचिव र वैरागी राजदूत बन्ने ‘कन्फर्म’ भएको स्रोतको दाबी छ।
168
Shares
प्रतिक्रिया