ad ad

राजनीति


नेपालको शिक्षाले विदेशी विद्यार्थी तान्न सक्छ : सभामुख घिमिरे

नेपालको शिक्षाले विदेशी विद्यार्थी तान्न सक्छ : सभामुख घिमिरे

फाइल तस्बिर


नेपालखबर
जेठ ३२, २०८० बिहिबार १२:८, काठमाडौँ

संघीय संसद् सभामुख  देवराज घिमिरेले नेपालको शिक्षाले  विदेशी विद्यार्थी तान्न सक्ने बताएका छन्।

बिहीबार कान्तिपुर हिसान शैक्षिक मेलाको आठौँ संस्करणको उद्घाटन गर्दै उनले नेपाललाई शिक्षाको हब बनाइ विदेशी विद्यार्थी तान्न सकिने भए पनि त्यसअनुसार काम हुन नसकेको बताए।

'नेपालको शिक्षाले विदेशी विद्यार्थीहरुलाई तान्न सक्छ। यसबाट नै प्रयोगशाली राष्ट्र बनाउन सकिन्छ। तर त्यसअनुसार आज अघि बढ्न सकिरहेका छैनौँ,' उनले भने, 'पढेलेखेका विद्यार्थीहरू देशमा राम्रोसँग अघि बढ्न सकेका छैनन्, एसईई दिइसकेपछि विदेशका लागि प्रयास गर्ने क्रम बढीरहेको छ।'

नेपाललाई सुहाउने खालको शिक्षाको विकास गर्ने सन्दर्भमा विश्व विद्यालयसँग सम्बन्धित शिक्षा नीतिहरू आएपनि व्यवहारमा अझै लागू गर्न केही समस्या देखा परिरहेको उनले बताए। परिवर्तित समयसँगै नयाँ शिक्षा ऐन ल्याउने बारेमा सरकारले प्रयास गरिरहेको तर सफल हुन नसकेको उनले बताए।

सभामुख घिमिरेले संघीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक रहेको बताए। अहिले संसद चालु रहेकाले सरकारले छिटो ढंगबाट संघीय शिक्षा ऐन ल्याउनेमा आफू आशावादी रहेको उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .