संसदीय सुनुवाइ विशेष समितिबाट हरिकृष्ण कार्कीको नाम प्रधानन्यायाधीश पदमा सर्वसम्मत अनुमोदन भएका छन्।
‘प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम समितिले सर्वसम्मत अनुमोदन गरेर सम्बन्धित निकायमा पठाएका छाैँ’ , समितिमा सदस्य रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले नेपालखबरसँग भने।
आज बिहान सिंहदरबारमा बसेको समितिको बैठकमा कार्कीविरुद्ध परेका २९ उजुरीबारे समितिका सदस्यले प्रश्न गरेका थिए।
त्यसमा जवाफ दिँदै कार्कीले कुनै पनि आरोप प्रमाणित भए आफूले पदबाट राजीनामा दिने बताएका थिए।
संसदीय समितिले अनुमोदन गरेका व्यक्तिलाई राष्ट्रपतिले प्रधानन्यायाधीश पदमा नियुक्ति दिने व्यवस्था छ।
60
Shares
प्रतिक्रिया