प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न जिल्लामा गएको बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दु:ख व्यक्त गरेका छन्।
उनले बेपत्ताहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा निकाय र कर्मचारीहरूलाई निर्देशन पनि दिएका छन्। आ-आफ्नो ठाउँमबाट सहयोगका लागि आम जनसमुदायसँग अपिल उनले गरेका छन्।
वर्षायामको सुरुवातमै शनिबार रातिको अविरल वर्षापछि देशको पूर्वी क्षेत्रमा गएको बाढी र पहिरोमा २६ जना बेपत्ता भएका छन्। अहिलेसम्म प्राप्त विवरणअनुसार संखुवासभामा गएराति आएको बाढीले बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएका छन्।
यस्तै पाँचथरमा बाढीले बगाएर ५ जना र ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन्।
बाढीपहिरोले पूर्वी क्षेत्रमा व्यापक क्षति : तीन जिल्लाका २६ जना बेपत्ता, एकजनाको मृत्यु
प्रतिक्रिया