समाजवादी मोर्चा घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित चार दलका शीर्ष नेताहरू अहिले बालुवाटारमा छलफल गरिरहेका छन्।
छलफलमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ छन् भने नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेकपाबाट महासचिव विप्लव सहभागी छन्।
यो खबर तयार पार्नुभन्दा एक घण्टा अघिदेखि उनीहरू प्रधानमन्त्रीको सरकारी निवासमा छलफल गरिरहेको बालुवाटार स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।
‘प्रधानमन्त्रीसमेत चार दलका शीर्ष नेताहरूबीच समाजवादी मोर्चा घोषणाबारे छलफल भइरहेको छ’, स्रोतले भन्यो।
स्थानीय तहसम्म संयन्त्र बनाउनेगरी यसै साता ६ दलको संयुक्त समाजवादी मोर्चा घोषणा गर्ने तयारी रहे पनि जारी छलफलमा चार दलका शीर्ष नेता मात्र भेला भएका हुन्।
Shares
प्रतिक्रिया