ad ad

राजनीति


बजेट निर्माण प्रक्रियाका कमजोरी सच्याउन आवश्यक छ : लेखक

बजेट निर्माण प्रक्रियाका कमजोरी सच्याउन आवश्यक छ : लेखक

फाइल फोटो


नेपालखबर
असार ३, २०८० आइतबार १६:१३, काठमाडौँ

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेट निर्माण प्रक्रियामा भएका कमजोरीहरु सच्याउन आवश्यक रहेको बताएका छन्।

आइतवार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले बजेट केन्द्रिकृत हुने गरेको भन्दै यसलाई सच्याएर अघि बढ्न जरुरी रहेको बताए।

उनले बजेट संघीयताअनुसारको बनाउने कुरामा सबैले काम गर्नुपर्नेमा जोड दिए। उनले सशर्त अनुदान विषयगत बनाइ स्थानीय तहमा पठाउनुपर्ने बताए। उनले संघले राखेका साना योजनालाई स्थानीय तहमा पठाउन आवश्यक रहेको बताए।

नेता लेखकले भने, ‘यो अहिलेमात्रै होइन, २०७२,२०७३ देखि हुँदै आएको छ तर बेठिक कुरा छन् भने परिवर्तन गर्नुपर्छ। यही बजेटमा के गर्न सकिन्छ? आगामी दिनमा कसरी सच्याउनुपर्छ भन्ने मुख्य कुरा हो। सशर्त अनुदान भनेर दिएको छ, यदी केन्द्रले नै सशर्त अनुदान भनेर दिएकोमा तल जाने नै भयो, तल निश्चित नभनी विषयगत बनाएर पठाउन सकिन्छ की? संघले राखेका साना योजनालाई स्थानीय तहमा पठाउनुपर्छ।’

प्रमुख सचेतक लेखकले साना बजजेटहरु केन्द्र सरकारले नभइ स्थानीइ तहलाई नै त्यसको जिम्मेवारी दिनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .