ad ad

राजनीति


समाजवादी मोर्चाबाट कोही तर्सनुपर्दैन : उपेन्द्र यादव

समाजवादी मोर्चाबाट कोही तर्सनुपर्दैन : उपेन्द्र यादव

नेपालखबर
असार ४, २०८० सोमबार १७:२३, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले चार दलले घोषणा गरेको समाजवादी मोर्चाबाट कोही नतर्सन आग्रह गरेका छन्। सोमबार काठमाडौंमा आयोजित घोषणासभालाई सम्बोधन गर्दै यादवले सो कुरा बताएका हुन्। 

उनले समाजवादी मोर्चा लक्ष्यतर्फ अघि बढ्ने कुरामा आफू ढुक्क रहेको पनि बताए।

मोर्चाले कसैलाई तर्सिनुपर्ने जरुरी नभएको भन्दै यादवले समस्यालाई हल गर्दै अघि बढ्न चाहेको बताए। 

‘मोर्चादेखि कोही नतर्सिए हुन्छ। धेरै मान्छेहरु केही साथीहरु घोषणा हुनुअघि नै बडबडाउन थाल्नुभएको थियो। त्यसो नगर्नुस्,’ उनले भने, ‘हामी मुलुकमा अग्रगमन परिवर्तनका लागि परस्पर सहयोगको आधारमा अघि बढ्छौं। प्रतिगमनकारी शक्तिहरु जसले विगतको उपलब्धिलाई समाप्त पार्ने काम गरेका छन्, तीनीहरुलाई आवश्यक परे समाप्त पार्नेछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .