ad ad

राजनीति


मेरो भारत भ्रमण सफल भएको देखेर केही मान्छेलाई ‘इरिटेशन’ भएछ : प्रधानमन्त्री

मेरो भारत भ्रमण सफल भएको देखेर केही मान्छेलाई ‘इरिटेशन’ भएछ : प्रधानमन्त्री

समाजवादी मोर्चाको कार्यक्रममा प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
असार ४, २०८० सोमबार १८:२५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत जेठ १७ देखि २१ सम्म भएको आफ्नो भारत भ्रमणको सफलताले केही मानिसलाई दु:खी बनाएको बताएका छन्।

सोमबार राष्ट्रियसभा गृहमा समाजवादी मोर्चा नेपाल घोषणासभा कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

‘मेरो भारत भ्रमणको सफलता देखेर केही मान्छेलाई ‘इरिटेशन’ भएको छ’, उनले भने, ‘हामीले भारत भ्रमणमा राष्ट्र र जनताको पक्षमा सम्झौता गरेर आएका छौँ। भ्रमणमा उपलब्धिमुलक र सफल भएको देखेर केही मानिसलाई रिस उठे पनि आमनेपाली जनता खुसी भएका छन्।’

उनले सोमबार केही बेर विराटनगरमा बस्दा समाजवादी मोर्चाको पक्षमा बेग्लै उत्साह देखेको बताए। ‘म केही बेर बिराटनगरमा बस्दा त्यहाँ बेग्लै उत्साह देखेँ। अब त हामी लहर ल्याउने नै हो’, उनले भने, ‘अब नयाँ एकताका साथ प्रतिगमनविरुद्ध नयाँ लडाइँ छेड्ने गरी मैदानमा जान्छौँ। सदनदेखि सडकसम्म अब मोर्चाले जनताको पक्षमा काम गर्छ।’

उनले सम्बोधनका क्रममा विदेशमा भएका नेपालीलाई सामाजिक सुरक्षा कोषमा जोडेको, पाठ्य पुस्तक समयमा पुर्‍याएको, अर्थतन्त्र सुधारेको र भ्रष्टाचारविरुद्ध आन्दोलन छेडेको जस्ता उपलब्धि पनि सुनाए। 

‘अब सडक र सदन दुवैबाट जनताको पक्षमा मोर्चाले काम गर्नेछ’, उनले भने, ‘भ्रष्टाचारविरुद्ध दृढताका साथ मोर्चा र सरकारले आन्दोलन गर्ने छ। यो मोर्चा गम्भीर रुपमा राष्ट्र र जनताको पक्षमा छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .