ad ad

राजनीति


प्रचण्डविरुद्ध लिङ्देनको कटाक्ष- तपाईंको त्यस्तो महान् उपलब्धि उल्टाइरहनुपर्छ

प्रचण्डविरुद्ध लिङ्देनको कटाक्ष- तपाईंको त्यस्तो महान् उपलब्धि उल्टाइरहनुपर्छ

फाइल तस्बिर


नेपालखबर
असार ५, २०८० मंगलबार ८:४५, काठमाडौँ

जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त परिवर्तन उल्ट्याउन खोजिएको भन्दै त्यसको रक्षाका लागि समाजवादी मोर्चा गठन गरिएका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भने परिवर्तन सकारात्मक भएन भने त्यसलाई उल्ट्याउनुपर्ने टिप्पणी गरेका छन्। 

संघीयता र गणतन्त्र रक्षाका लागि भन्दै सोमबार मात्र सत्तारुढ दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तथा प्रतिनिधिसभा प्रतिनिधित्व नै नगर्ने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एक ठाउँमा उभिँदै समाजवादी मोर्चा घोषणा गरिएको छ। 

त्यस क्रममा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक व्यवस्था नै उल्ट्याउने प्रयास भइरहेको भनाइ दोहोर्‍याए।

त्यसको भोलिपल्ट मंगलबार बिहानै राप्रपा अध्यक्ष लिङ्देनले प्रचण्डको भनाइको प्रतिवाद गरेका हुन्। देशमा आएको परिवर्तन केही व्यक्ति र तिनका परिवारका लागि मात्र भएको आरोप लगाउँदै अध्यक्ष लिङ्देनले जे जे मोर्चा बनाए पनि त्यसलाई उल्ट्याउनुपर्ने जिकिर गरेका छन्। 

‘परिवर्तन सकारात्मक भएन र त्यो परिवर्तन केही व्यक्ति, तिनका परिवार र नातागोताका लागि मात्र भयो’, लिङ्देनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘देश र जनताले अहिले जस्तै दुःख पाइरहे भने जे आवरण दिनुहोस्, जे जे मोर्चा बनाउनुहोस्, तपाईंको त्यस्तो महान् उपलब्धि (परिवर्तन) लाई बारम्बार उल्टाइरहनुपर्ने हुन्छ। जबसम्म परिवर्तन जनताका लागि हुँदैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .