नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई रुट दिन भारत सकारात्मक रहेको बताएका छन्।
मंगलबार लुम्बिनीमा आायोजित योग दिवसमा उनले हवाई रुटबारे छलफल सकारात्मक दिशामा अघि बढिरहेको बताए। छलफलको नतिजा पनि सकारात्मक नै आउने उनको भनाइ थियो।
दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको बताउँदै भारतले त्यही अनुसार काम गरिरहेको उनको भनाइ थियो।
योगले नेपाल र भारतलाई जोडेको र पछिल्लो समय विश्वभर फैलिनु खुसीको विषय भएको धारणा उनले राखे।
हरेक वर्ष २० जुन वा ३१ जुनमा योग दिवस मनाउन आग्रह गर्दै उनले भारतले हरेक वर्ष लुम्बिनीमा योग दिवस मनाउन चाहेको बताए।
225
Shares
प्रतिक्रिया