ad ad

राजनीति


स्काउटले महामारीका बेला खेलेको भूमिका प्रशंसनीय : पूर्वराष्ट्रपति भण्डारी

स्काउटले महामारीका बेला खेलेको भूमिका प्रशंसनीय : पूर्वराष्ट्रपति भण्डारी

फाइल फोटो


नेपालखबर
असार ५, २०८० मंगलबार १४:२२, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल स्काउटले अन्तर्राष्ट्रियस्तरमा उल्लेखनीय सफलता हात पारिरहेको भन्दै प्रशंसा गरेकी छन्।

मंगलवार नेपाल स्काउटको ७२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन्। उनले नेपाल स्काउटले दक्षिण एशियामा स्काउटमा सबैभन्दा बढी सदस्यता लिनसक्नु साथै अन्तर्राष्ट्रिय स्काउटका कार्यक्रमहरु नेपालमा सञ्चालन गर्नुले पनि स्काउटले राम्रा काम गरिहेको प्रमाणित हुने बताइन्।

उनले कोरोना महामारीका बेलामा पनि स्काउटले खेलेको भूमिकाको प्रशंसा गरिने्। उनले देशमा आइपर्ने प्राकृतिक एवं अन्य विपद्को समयमा विपद् व्यवस्थापन र प्रभावितहरुको उद्धार कार्यमा पनि नेपाल स्काउट सदैव अग्रमोर्चामा रहँदै आउनु राम्रो भएको भन्दै अझै यसलाई अघि बढाउँदै लैजानुपर्ने बताइन्।

उनले भनिन्, ‘कोभिड १९ को महामारीमा पनि नेपाल स्काउटले उल्लेखनीय भुमिका खेलेको छ। नेपाल स्काउटले चिकित्सक परामर्श सेवा, जनचेतना अभियान, आइसोलेशन, क्वारेन्टिन निर्माणका साथै संक्रमितहरुको शवको व्यवस्थापन समेतमा गरेको सहयोगका लागि सम्पूर्ण स्काउटप्रति सम्मान व्यक्त गर्दछु। देशमा आइपर्ने प्राकृतिक एवं अन्य विपद्को समयमा विपद् व्यवस्थापन र प्रभावितहरुको उद्धार कार्यमा पनि नेपाल स्काउट सदैव अग्रमोर्चामा रहँदै आएको छ।’

पूर्वराष्ट्रपति भण्डारीले नेपाल स्काउटले माजमा कलंकको रुपमा रहेको लागुऔषधबाट युवाहरु टाढा राख्ने कुरा, महिला हिंसाबिरुद्धका अभियान लगायत विभिन्न सामाजिक घटनाहरुमा साथ र सहयोग गर्दै आएको भन्दै प्रशंसा गरिन्।

उनले भनिन्, ‘सातै प्रदेशमा विपद् व्यवस्थापन टोली खटाइ स्काउट परिचालन भएको थाहा पाउँदा खुशी लागेको छ। लागुपदार्थ दुव्र्यसनविरुद्धको अभियानमा युवा स्काउटलाई परिचालन गर्नेजस्ता कार्यले हाम्रो समाजमा कलंकको रुपमा रहेको लागुऔषधबाट युवाहरु टाढा राख्ने कुरामा विश्वस्त छु। पछिल्लो समय नेपाल स्काउटले अन्तर्राष्ट्रिय स्तरमा पनि उल्लेखनीय सफलता हात पारेको छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .