ad ad

राजनीति


ठूल्ठूला भ्यूटावर र सिटी हल मुलुकका लागि आवश्यक छैन : ज्ञानेन्द्रबहादुर कार्की

ठूल्ठूला भ्यूटावर र सिटी हल मुलुकका लागि आवश्यक छैन : ज्ञानेन्द्रबहादुर कार्की

नेपालखबर
असार ५, २०८० मंगलबार १७:२५, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकका लागि ठूल्ठूला भ्यूटावर र सिटी हलको आवश्यक्ता नभएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन्।

सांसद कार्कीले देशको कुनै एउटा ठाउँमा भएपनि ऐतिहासिक हरित र सांस्कृतिक सहर निर्माण गर्ने काममा ध्यान दिन सरकारलाई सुझाव दिए। उनले गरिब आवास कार्यक्रमलाई झारा टार्ने ढंगले अघि नबढाउन पनि सरकारलाई सचेत गराए।

गाउँलाई सुविधासम्पन्न र व्यवस्थित गाउँ निर्माण गर्ने दिशामा सरकारको ध्यान जानुपर्ने सांसद कार्कीको भनाई थियो।

‘अहिले भ्यूटावरका, ठूल्ठूला सिटी हलको अहिले आवश्यक्ता छैन। र, अहिलेको ध्यान दलित, विपन्न र सिमान्तकृत नागरिकलाई आवास केवल बजेटमा उल्लेख गर्ने जस्तो झारा टार्ने आवास होइन। देशले अनुभूत गर्ने किसिमको आवास बनाउनेमा सहरी मन्त्रीको ध्यान जान जरुरी छ। त्यतातर्फ ध्यान जाओस् भन्ने म चाहन्छु।’

सांसद कार्कीले स्वच्छ खानेपानी पाउने नागरिकको अधिकारलाई सुनिश्चित गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .