सरकारले धुर्मुस सुन्तली फाउन्डेसन तिर्नुपर्ने गिरानचौर एकीकृत नमुनावस्ती पुनर्निर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
‘धुर्मुस सुन्तली फाउन्डेसनले गिरानचौर एकीकृत नमूना बस्ती पुनः निर्माण तथा पर्यटन प्रवद्र्धनको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरण गर्दा जुन कर थियो, त्यसको चुक्ता, असुल उपर गर्नुपर्ने अग्रिम कर छुट दिने भन्ने निर्णय भएको छ,’ सरकारी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्।
बैठकले नेपाल चीन सीमानाको तातोपानी झ्याङ्मुस्थित सीमा चिन्ह स्तम्भ (५३)१ लाई संयुक्त रुपमा पुनः स्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय पनि गरेको छ।
‘नेपाल चीन सीमानाको तातोपानी झ्याङ्मुस्थित सीमा चिन्ह स्तम्भ ९५३० १ लाई संयुक्त रुपमा पुनः स्थापनाका लागि नेपाली टोली गठन गर्ने भन्ने निर्णय भएको छ,’ उनले भनिन्।
मन्त्री शर्माले मन्त्रीपरिषद्मा विपद्को बारेमा थप व्यवस्थापन गर्नेबारेमा
छलफल भएको बताइन्।
Shares
प्रतिक्रिया