ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सबै नेपालीको पहुँचमा विद्युत पुर्याइने घोषणा गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले हालसम्म ९६ प्रतिशत नेपालीहरूको पहुँचमा विद्युत पुगेको उल्लेख गर्दै आगामी २ वर्षभित्रै सबैले भरपर्दो र गुणस्तरीय विद्युत सेवा पाउनेगरी योजना बनाइएको बताए। र त्यसलाई कार्यान्वयन गरिने दाबी उनले गरे।
उनले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा दुई वर्षभित्र विद्युतीकरण गरिसक्ने लक्ष्यका साथ सरकारले काम गरिरहेका बताए।
मुलुकलाई आत्मनिर्भर हुनेगरी विद्युतको उत्पादन र बजारीकरणको कामलाई सरकारले प्राथमिकता दिएको पनि उनको भनाइ थियो।
9
Shares
प्रतिक्रिया