ad ad

राजनीति


जलहरीमा पूर्वप्रधानमन्त्री ओलीसहितको नाम लेखिनु सामान्य हो - एमाले सचेतक बर्तौला

जलहरीमा पूर्वप्रधानमन्त्री ओलीसहितको नाम लेखिनु सामान्य हो - एमाले सचेतक बर्तौला

फाइल तस्बिर


नेपालखबर
असार ११, २०८० सोमबार १८:२९, काठमाडौँ

नेकपा एमालेका सचेतक महेश बर्तौलाले पशुपतिको जलहरीमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व पर्यटनमन्त्री भानुभक्त ढकाललगायतको नाम कुँदिनु सामान्य भएको बताएका छन्।

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग उनले जुन सरकारको पालामा काम भयो त्यो पालामा यसरी नाम लेखिनु सामान्य भएको बताए। अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीको लोकप्रियता भएकाले त्यसविरुद्ध सत्तापक्षले भ्रम छलिरहेको टिप्पणी उनले गरे।

 उनले आफ्नो नाम पनि धेरै ठाउँमा लेखिएको बताउँदै यसमा अल्झिएर बस्न नहुने बताए। उनले भने, 'मेरा पनि कति स्थानमा नाम लेखिएका छन्। कतै ताम्रपत्र, फलाममा छ, कतै चाँदीकैमा नाम मेरैमा लेखिएको छ।’

एमालेको लोकप्रियतासँग डराएर सत्तापक्षले नागरिकमाथि भ्रम छरिरहेको आरोप उनको थियो।

पशुपतिमा राखिएको सुनको जलहरीमा अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही हुनपर्ने र एमाले भ्रष्टाचारी जोगाउने पक्षमा नरहेको पनि उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .