बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न अवरोध पछि बैंक तथा वित्तीय कम्पनीका छाता संस्थाहरुले संयुक्त विरोध जनाएका छन्।
पूर्वी नेपालमा भएको वित्तीय संस्थाहरुको शाखा अवरोधमा बैंक तथा वित्त सम्बद्ध चारवटै संघले संयुक्त विज्ञप्तिमार्फत विरोध जनाएको हो।
बैंक वित्त सम्बद्ध नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ तथा नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्तिमार्फत विरोध जनाएका हुन्।
पूर्वी नेपालको इटहरी, सुनसरी तथा बिर्तामोड, झापास्थित केही बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुको शाखामा केही व्यक्तिहरुले शाखा सञ्चालनमा अवरोध गर्नुका साथै कर्मचारीहरुलाई धम्क्याएको र ग्राहकहरुलाई अत्यावश्यक बैंकिङ सेवा लिनबाट बञ्चित गरेकोमा घोर निन्दा गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा सुरक्षा निकायले यथाशीघ्र आवश्यक कदम लिई शाखा सञ्चालन गर्न तथा कर्मचारीरग्राहकको सुरक्षाका लागि माग गर्छौं। ऋण लिएपछि तिर्नुपर्छ भन्ने सामान्य सिद्धान्त हामी सबैले बुझ्न पर्ने र ऋण नतिर्ने बहानामा यस प्रकारका अराजक गतिविधि गर्नेहरुलाई तुरुन्तै कारबाहीको दायरामा ल्याई शान्तिरसुरक्षा कायम गरी अत्यावश्यक सेवा बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुको सञ्चालन तथा कर्मचारीहरुलाई आवश्यक सुरक्षा प्रदान गरिदिनु हुन सरोकारवाला सबै निकायहरुसँग अनुरोध गर्छौं।’
Shares
प्रतिक्रिया