ad ad

राजनीति


याङ्ग्री र लार्केको पानी मेलम्चीमा जोड्ने गरी काम भइरहेको छ : खानेपानीमन्त्री

याङ्ग्री र लार्केको पानी मेलम्चीमा जोड्ने गरी काम भइरहेको छ : खानेपानीमन्त्री

फाइल तस्बिर


नेपालखबर
असार ११, २०८० सोमबार १९:१८, काठमाडौँ

खानेपानीमन्त्री महिन्द्र राययादवले काठमाडौं उपत्यकामा खानेपानीको वैकल्पिक व्यवस्थाका लागि अध्ययन भइरहेको बताएका छन्। 

सोमबार प्रतिनिधिसभा बैठकमा उनले याङ्ग्री र लार्केको पानी ल्याउने गरी काम भइरहेको बताए। खानेपानीको मुख्य सुरुङमा पानी जोडेपछि काठमाडौंमा बाह्रै महिना खानेपानी उपलब्ध हुने उनको भनाइ थियो।

याङ्ग्री र लार्के छिटोभन्दा छिटो सुरु गर्ने मन्त्रालयको योजना रहेको जानकारी उनले दिए। यी दुई खोलाबाट पथान्तर गर्ने पानी सिधै सुरुङबाट मेलम्चीमा जोड्नेगरी काम अगाडि बढीरहेको र यसो हुँदा काठमाडौं उपत्यकामा पानीको अभाव नहुने भनाइ उनको थियो।

उनले काठमाडौं उपत्यकामा खानेपानीको वैकल्पिक व्यवस्थाका लागि ललितपुरको तोस्ने खोला र मकवानपुरको सिस्ने खोलामा पनि अध्यययन भइरहेको बताए।

मेलम्ची खानेपानी नयाँ वितरण लाइनबाट वितरण गर्नेगरी पनि काम लक्ष्य राखिएको उनले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .