आज दुईवटा संसदीय समितिका बैठक बस्दै छन्।
दुवै समितिका बैठक सिंहदरबारमा बस्ने छन्।
दिगो विकास तथा सुशासन समितिको बैठक दिउँसो सवा १२ बजे बस्नेछ भने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक दिउँसो १ बजे बस्नेछ।
दिगो विकास समितिमा आज समितिको निर्देशक कार्यान्वयनको अवस्थाबारे नीति अनुसन्धान प्रतिष्ठानबाट गरिएको अध्ययन प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ।
त्यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सार्वजनिक सेवामा समावेशी तथा समानुपातिक प्रतिनिधित्वको अवस्था, लोकसेवा आयोगबाट भएका काम कारबाही, कार्य सम्पादनसम्बन्धी समस्या र चुनौतीबारे छलफल हुनेछ।
18
Shares
प्रतिक्रिया