नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जस लिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अवरोध गरेको आरोप लगाएका छन्।
मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले रास्वपाले जिल्ला निर्वाचन कार्यालय आफूले गर्दा मात्रै बँचेको हौ भन्ने भ्रम जनतामा छर्नका लागि संसद अवरोध गरेको बताए।
‘हामीले गर्दा जिल्ला निर्वाचन कार्यालय रहेको हो भन्ने देखाउन रास्वपाले संसद अवरोध गरेको हो। हामी कोही पनि नेपाली कांग्रेस र सरकार जिल्ला निर्वाचन आयोगको कार्यालय खारेज गर्ने पक्षमा छैन,’ उनले भने, ‘यो अवरोध भनेको हामीले गर्दा जिल्ला निर्वाचन कार्यालय रहेको हो भन्ने गलत सन्देश दिन रास्वपाले अवरोध गरेको हो।’
उनले नेपाली कांग्रेस जिल्ला निर्वाचन आयोगको कार्यालय खारेज गर्ने पक्षमा नरहेको बताए।
सांसद खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग विगतको श्री ५ भन्दा पनि माथि जान खोजेको आरोप लगाए। उनले अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गर्न दिनु नहुने बताए।
सांसद खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाग्रही नबनीकन काम गर्नुपर्ने बताए।
‘अख्तियार हिजोको श्री ५ भन्दा पनि माथि जान खोज्यो, त्यसैले निजी क्षेत्रमा अख्तियारको प्रवेश गर्न दिनु हुँदैन, राजश्व पनि आफैँ हेर्ने, प्रत्येक कार्यालय, मन्त्रालय, सम्पती शुद्धिकरण कार्यालय, सबै यसले हेर्ने पद्धतिको विकास गर्नु हुँदैन,’ उनले भने।
Shares
प्रतिक्रिया