ad ad

राजनीति


ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीले संसद्‌मा स्पष्टीकरण दिनुपर्छ : प्रेम सुवाल

ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीले संसद्‌मा स्पष्टीकरण दिनुपर्छ : प्रेम सुवाल

फाइल तस्बिर


नेपालखबर
असार १३, २०८० बुधबार १२:२३, काठमाडौँ

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरूले संसद्‌मा नै स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले यस्तो माग गरेका हुन्। सो प्रकरणमा मुछिएका मन्त्रीहरू र अन्य कर्मचारीहरूलाई पनि संसदको सार्वजनिक लेखा समितिले स्पष्टीकरण लिन उपयुक्त हुने उनको भनाइ थियो।

सांसद सुवालले सरकारी जग्गा बेचबिखनमा संलग्नहरूलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गरे।

बालुवाटारस्थित ललिता निवासको करिब १३ अर्ब ७६ करोड रुपैयाँ बराबरको १४३ रोपनी ६ आना सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र गोपाल कार्कीलाई मंगलबार प्रहरीले पक्राउ गरेको थियो।

मंगलबारै पक्राउ परेका पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव हुपेन्द्रमणि केसी र सुरेन्द्र कपालीलाई पक्राउ गरिएको केही घन्टामै कागज गरेर छुटेका थिए।

सांसद सुवालले सो जग्गा प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउने काममा सरकारले ढिलाइ गर्न नहुने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .