नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले आईसीसी विश्वकप छनोटमा वेष्टइन्डिजविरुद्ध लिएको क्याच साताको उत्कृष्ट क्याच बनेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्वकप छनोट अन्तर्गत कुशल प्लेयर अफ दि बन्न सफल भएका हुन्।
कुशलले दोस्रो ओभरको तेस्रो बलमा वेष्टइन्डिजका ओपनर काइल मेयर्सलाई एक रनमा क्याच आउट गरेका थिए। करण केसीको बलमा कुशलले उत्कृष्ट क्याच लिएका थिए।
सो खेलमा नेपाल १ सय १ रनले पराजित भएको थियो। वेष्टइन्डिजले दिएको ३ सय ४० रनको विशाल लक्ष्य पछ्याएको नेपाल २ सय ३८ रनमा अलआउट भएको थियो।
सो खेलमा कुशल ५ रनमा बोल्ड आउट भएका थिए।
177
Shares
प्रतिक्रिया