ad ad

राजनीति


नेतालाई बालेनको व्यङ्ग्य - वर्षभरि धान रोपिदिए भारतको गुलाम हुनुपर्दैन

नेतालाई बालेनको व्यङ्ग्य - वर्षभरि धान रोपिदिए भारतको गुलाम हुनुपर्दैन

फाइल तस्बिर


नेपालखबर
असार १६, २०८० शनिबार ८:१, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले  नेताहरूलाई 'भारतको गुलाम'को संज्ञा दिएका छन्।

असार १५ मा फोटो सेसनका लागि खेतमा पुग्ने नेताहरूलाई कटाक्ष गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

'नेताज्यूहरूले यसरी नै, वर्षभरि नै धान रोपिदिनुभयो भने, तपाईंहरू भारतको गुलाम हुनु पर्दैन,' उनले भनेका छन्।

२०औँ धान दिवसको अवसरमा शुक्रकार विभिन्न दलका नेताहरू औपचारिक कार्यक्रमका साथ धान दिवस मनाउन खेतमा पुगेका थिए।

पत्नी राधिका शाक्यसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा अध्यक्ष रवि लामिछाने र रास्वपाका अन्य सांसदहरू, कृषिमन्त्री वेदुराम भुसाललगायत नेताहरू असार १५ मनाउन किसानका खेतमा गएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .