ad ad

राजनीति


पार्टी एकताका लागि पूर्वमाओवादीबीच छलफल भइरहेको छ : प्रधानमन्त्री

पार्टी एकताका लागि पूर्वमाओवादीबीच छलफल भइरहेको छ : प्रधानमन्त्री

फाइल तस्बिर


नेपालखबर
असार १६, २०८० शनिबार ९:३५, पाेखरा

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि पूर्वमाओवादीहरू बीच छलफल भइरहेको बताएका छन्। 

माओवादी अध्यक्ष ‘प्रचण्ड’ले शनिबार (आज) बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रियाका क्रममा जनयुद्धकालीन नेकपा माओवादी पार्टीबाट विभाजन भएका शक्तिहरूबीच पुनः एकताको पहल भइरहेको बताएका हुन्। 

यही असार ५ गते चार पार्टीबीच घोषित समाजवादी मोर्चाले पूर्वमाओवादीहरूबीच एकताको आधार बनेको उनको भनाइ छ। 

‘समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्नेछ’, उनले भने, ‘पूर्वमाओवादीहरू पनि छलफलमा छौँ। फेरि पार्टी एकताको आधार निर्माण हुँदै छ। पार्टी एकताको लागि ठोस पहल अगाडि बढाउँछौँ।’

उनले थपे, ‘हामी विशेष महाधिवेशन गर्नेमा पनि छौँ, यसले पार्टी पुनर्निर्माणमा योगदान पुग्नेछ। सरकारका कामको व्यवस्थित स्वामित्व, पार्टी निर्माणको काम, समाजवादी मोर्चा र पार्टी एकताको प्रयासलाई सँगसँगै लैजानुपर्छ।’

प्रधानमन्त्री प्रचण्डले माओवादी कमजोर हुँदा प्राप्त परिवर्तन पनि खतरामा पर्ने दाबी गर्दै पार्टी एकतामा जोड दिए। 

‘माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुन्छ। हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ’, उनले भने, ‘त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो। त्यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरुरी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .