ad ad

राजनीति


अचानक आएका विधेयक हातमा पर्दैन, अन्दाजको भरमा बोल्नुपर्छ : सांसद यादव

अचानक आएका विधेयक हातमा पर्दैन, अन्दाजको भरमा बोल्नुपर्छ : सांसद यादव

नेपालखबर
असार १७, २०८० आइतबार १६:१९, काठमाडौँ

सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले सांसदहरुलाई अध्ययन नै गर्न नदिई संसदमा छलफलमा लागि विधेयकहरू ल्याउने गरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

आइतबार प्रतिनिधिसभाको दोसो बैठकमा बैठकमा ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा उनले सरकारले गम्भिर प्रकृतिका विधेयकहरु छलफलमा ल्याउँदा आफूहरुलाई अध्ययन गर्ने समय समेत नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे। 

प्रमुख सचेतक यादवले सांसदहरुलाई छलफल समेत गर्न नदिई कुनै पनि विधेयकमा संसदमा अचानक छलफलमा ल्याउन काम नगर्न पनि सरकारलाई सचेत गराए। 

गम्भिर प्रकृतिका विधेयक ल्याउनु अघि राजनीतिक दलहरुबीच सरकारले व्यापक रुपमा छलफल गराउनुपर्ने उनको भनाई थियो। 

प्रमुख सचेतक यादवले सरकारले ल्याएको विधेयक अध्ययन नै गर्न नपाउँदा अनुमानको भरका छलफलमा भाग लिनुपर्ने अवस्था आउने गरेको गुनासो समेत गरे।

‘निश्चित रुपमा यो सरकारको धेरै लापरबाही हो। अचानक यस्ता गम्भिर विधेयकहरू आउँछन्। जसको चाँही हामी अध्ययन गर्न पनि पाउँदैनौं,’ उनले भने, ‘विधेयकहरु पनि समयमा हातमा आउँदैनन्। र, अन्दाजको भरमा हामीले बोल्नुपर्छ। कहाँकहाँबाट हामीले विधेयकको पनि व्यवस्था गर्नुपर्छ। वास्तवमा यो आउनुपर्ने कुरा चाँही हो। तर यो व्यापक छलफल गरेर नै ल्याउनुपर्ने थियो। किनकी यसमा एकतर्फी रुपमा मात्रै गएर हुँदैन सभामुख महोदय।’

प्रमुख सचेतक यादवले विधेयकहरूमाथि अन्दाजको भरमा सांसदहरुले बोल्नुपर्ने अवस्था आउन नदिनेतर्फ सरकारले ध्यान दिनुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .