ad ad

राजनीति


गगन भन्छन् : दलको झोला बोकेर कसैले पनि विश्वविद्यालय छिर्न पाउँदैनन्

गगन भन्छन् : दलको झोला बोकेर कसैले पनि विश्वविद्यालय छिर्न पाउँदैनन्

फाइल तस्बिर


नेपालखबर
असार १८, २०८० सोमबार १२:५६, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई स्थापित गर्नुपर्ने बताएका छन्। 

गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताए। 

उनले  दलको झोला बोकेर छिर्न नपाइने स्थापित नगरेसम्म विश्वविद्यालयको अवस्था माथि उठ्न नसक्ने बताए।

उनले कुनै पनि दलको झोला बोक्ने प्राध्यापक, विद्यार्थी, कर्मचारी कसैलाई पनि विश्वविद्यालयले चिन्दैन भन्ने कुरा स्थापित गर्नुपर्नेमा जोड दिए। 

थापाले विश्वविद्यालयको अवस्था झनै कहालीलाग्दो भएको र यसको दोष राजनीतिक दल र सरकारको नेतृत्व
गर्नेहरुले लिनुपर्ने बताए।

उनले उच्च प्राथमिकतामा राखेर संसदमा तत्काल, संघीय शिक्षा ऐन ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको
ध्यानाकर्षण गराए। उनले सरकारले विद्यालय शिक्षामा आएको संकटलाई बुझ्न नसकेको बताए।

संघीय शिक्षा ऐन जस्तै विश्वविद्यालय ऐन ल्याउनुपर्ने बताउँदै त्यसमा नै कुनै पनि दलको झोला बोक्ने प्राध्यापक, विद्यार्थी, कर्मचारी कसैलाई पनि विश्वविद्यालयले नचिन्ने अवस्था बनाउनुपर्ने बताए। 

महामन्त्री थापाले सरकारले बजेटमार्फत विद्यालय पूर्वाधारमा छ्ट्याएको रकम कम भएको उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .