ad ad

राजनीति


स्थानीय तहमा जोडिन ६ महिनाका लागि धरानमा काम गर्छु : राजेन्द्र लिङ्देन

स्थानीय तहमा जोडिन ६ महिनाका लागि धरानमा काम गर्छु : राजेन्द्र लिङ्देन

फाइल तस्बिर


नेपालखबर
असार २३, २०८० शनिबार १५:५३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाए) का अध्यक्ष राजेन्द्र लिङ्देनले हरेक नेता ६ महिनाका लागि निश्चित स्थानीय तहसँग जोडिएर काम गर्ने सिलसिला आफ्नो पार्टीमा सुरुवाता भएको बताएका छन्। सोही सिलसिलामा आफू ६ महिनाका लागि धरान उपमहानगरपालिकासँग जोडिने कार्यक्रम रहेको पनि जानकारी दिए। 

शनिबार पार्टीको सम्पर्क समाज समन्वय विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। 

‘अब हामीहरू सबै स्थानीय तहहरूमा जोडिने सिलसिला प्रारम्भ भएको छ। म आफैं धरान उपमहानगरपालिकामा ६ महिनाका लागि जाँदैछु। हरेक नेता ६ महिनाका लागि निश्चित स्थानीय तहमा जोडिने,’ उनले भने।

उनले हरेक दिन त्यहाँ उपस्थित हुन नसकेपनि त्यहाँका जनताका समस्यासँग जोडिएर काम गर्ने प्रतिवद्धता समेत जनाए। 

‘६ महिना दैनिक म त्यहाँ बस्ने भनेको होइन, तर धेरैजसो समय त्यहाँ बित्छ। म काठमाडौंमा रहेँ भने वा अन्य ठाउँमा रहेँ भने पनि हरेक दिन त्यहाँको काममा जोडिनेछु्,’ लिङ्देनले भने, ‘जसरी हामी यहाँ काठमाडौंमा बसोबास गर्ने, झापा घर भएकाहरूले परिवारको सन्चो विसन्चो सोधिरहेका हुन्छौं। त्यसरी नै आफूले जिम्मा लिएको भूगोलसँग जोडिएर संगठन बलियो बनाउने।’

उनले कांग्रेस,, एमाले, माओवादीमा पनि देशलाई माया गर्ने मानिसहरू धेरै रहेको प्रसंग निकाल्दै उनीहरूलाई राप्रपा प्रवेश गराउनुपर्ने बताए। 

‘कांग्रेस, एमाले, माओवादी भएर पनि देशलाई माया गर्ने मानिसहरू थुप्रै छन्। उनीहरूलाई देशलाई माया गर्ने मानिसहरू, धर्मलाई माया गर्ने मानिसहरू र आफ्नै जीवनकालमा यो देश बनेको देख्न चाहने मानिसहरू र देशभित्रै रोजगारी सिर्जना होस् भन्ने चाहना राख्ने मानिसहरूको पार्टी राप्रपा हो भन्ने बुझाउने,’ अध्यक्ष लिङ्देनले अघि भने।

केही महिनाभित्रै पार्टीको हरेक कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य पुर्याउने र हरेक कमिटीमा ४० प्रतिशत युवा अघि बढाउने काम पार्टीले गरिरहेको उनले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .