ad ad

राजनीति


प्रितम सिंहले होइन, अहिलेका प्रतिपक्षीले नै पत्र लेखेर प्रधानमन्त्री बनाए- प्रचण्ड

राष्ट्रपतिलाई आफैंले लेखेको पत्रको अवहेलना हुनेगरी प्रश्न उठाएको गुनासो
प्रितम सिंहले होइन, अहिलेका प्रतिपक्षीले नै पत्र लेखेर प्रधानमन्त्री बनाए- प्रचण्ड

नेपालखबर
असार २५, २०८० सोमबार १७:१७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई यो पटकको प्रधानमन्त्री प्रितम सिंहले दिल्ली गएर नभई अहिले प्रमुख प्रतिपक्षीमा भएका दलहरूले नै राष्ट्रपतिलाई पत्र लेखेर बनेको स्पष्टीकरण दिएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठकमा उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले राष्ट्रपतिलाई लेखेको पत्रको अवहेलना हुनेगरी प्रश्न उठाइएको बताए। 

‘मलाई प्रधानमन्त्री कसले बनायो, नेपालमा कसलmे बनाउँछ भनेर प्रश्न उठ्यो। यो प्रश्न उठ्दैगर्दा मभित्र धेरै भाव र तरगं पैदा भए,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले यो प्रश्न प्रतिपक्षी दलका नेताहरू जसले पहिलोपटक लिखित रुपमा प्रधानमन्त्री बनाउनुभयो उहाँहरुबाट नै आएको देख्दा म गम्भीर भएको छु।’

उनले उनले आफूलाई प्रितम सिंहले दिल्ली गएर आफूलाई प्रधानमन्त्री नबनाएको पनि बताए। 

‘मलाई प्रधानमन्त्री सरदार प्रितम सिंहले दिल्ली गएर बनाएको त होइन। यो भन्दा अगाडि नबोलौं भन्ने लाग्छ मलाई। प्रतिपक्षी दलका साथिहरुलाई राम्रो थाहा छ प्रधानमन्त्री म कसरी भएँ भन्ने कुरा,’ उनले भने, ‘प्रमुख नेतालाई सबैभन्दा बढी थाहा छ। थाहा हुँदाहुँदै को कोले कसरी रोक्न खोजेका थिए भन्ने थाहा हुँदाहुँदै राष्ट्रपतिलाई आफैंले लेखेको पत्रको अवहेलना हुनेगरी कसरी उठाइयो भन्ने मेरो मभित्र प्रश्न उठेको छ।’

साथै, उनले उक्त प्रश्नको घेरामा आफू मात्र भएको हो वा अन्य राजनीतिक दल र संसदमाथि पनि उठेको बताए। 

‘यो प्रश्नको घेरामा म मात्र छु कि, सबै राजनीतिक दल र यो संसद पनि छ भन्ने प्रश्न मभित्र उब्जिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले पुस्तक विमोचन कार्यक्रममा गरेको सम्बोधनमा भन्न नपर्ने कुरा बोलिएको स्वीकार पनि गरेका छन्। 

‘मलाई त्यो कुरा भन्नुपर्ने थिएन। नभने हुन्थ्यो। जरुरी थिएन। तर मैले भनेँ। मनमा आयो भनेँ। के मैले राष्ट्रपति नै घात गर्ने कुरा हो त यो?,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यति सहज र स्वभाविक कुरा प्रधानमन्त्रीको हैसियतले त्यस्तो भाषा नबोल्नुपथ्र्यो। त्यो दिन म प्रधानमन्त्री भएर बोलिनँ, म ज्ञानुको बुवा भएर बोलेँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .