ad ad

राजनीति


सत्तापक्षकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

राजीनामा दिएर सुन तस्करीको छानबिनमा सघाउनुपर्ने माग
सत्तापक्षकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

नेपालखबर
साउन ५, २०८० शुक्रबार १५:१४, काठमाडौँ

नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन्। 

शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सुन तस्करीको बारेमा छानबिनमा सघाउन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेका हुन्। 

उनले मन्त्रीद्वयले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने बताए।

‘नेशनल स्क्याण्डरको रुपमा अहिले जुन हिजो सुन काण्ड आयो, कस्तो बेलामा आयो भने प्रधानमन्त्रीको धर्मपत्नीको काजकृया गरेर बसिरहेको बेलामा आयो। अर्थ मन्त्रालय मातहतको भन्सार विभाग त्यहाँ हुँदो रहेछ, गृह मन्त्रालयको डिआईजीको नेतृत्वमा पुलिसहरु बस्नुहुँदो रहेछ,’ उनले भने।

अर्थमन्त्री र गृहमन्त्रीलाई जानकारी नहुनु र प्रधानमन्त्रीले समात्न लगाउने कुरा सरकारको काम कारबाहीसँग मिल्दोजुल्दो नभएको उनले बताए।

‘अर्थमन्त्री र गृहमन्त्रीले क्विन्टल क्विन्टल सुन थाहा नपाइकन उहाँहरुको मातहतका निकायका मानिसले थाहा नपाउने र आएर प्रधानमन्त्रीको कार्यालयले इन्टरभेन गरेर सुन समातिएको देखिन्छ, अब प्रधानमन्त्रीलाई त धन्यवाद दिनुपर्‍यो। उहाँ धन्यवादको पात्र हुनुहुन्छ, यो देशमा। तर नैतिकताका हिसावले देशमा यत्रो सुन क्वीन्टल क्वीन्टल सुन छिर्दा थाहा नपाउने अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा अनुसन्धानको प्रक्रियालाई सहज बनाउन उहाँहरुले राजीनामा दिनुपर्छ की पर्दैन?’, उनले भने।

अर्थ मन्त्रालय मातहतको भन्सार विभाग र गृह मन्त्रालयको डिआईजीको नेतृत्वमा नेपाल प्रहरीहरु विमानस्थलमा रहँदा प्रधानमन्त्रीले सुन तस्कर समात्न लगाउने कुरा देख्दा प्रधानमन्त्री पुष्पकमल दाहाल धन्यवादको पात्र भएपनि नैतिकताका हिसावले गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताए। 

‘यसमा पक्ष र विपक्षको कुरा रहँदैन यसमा। नागरिक देश र जनताको कुरा हुन्छ। यहाँ पार्टीको पनि कुरा हुँदैन। गठबन्धनको भित्रको मान्छे भन्ने हुँदैन, यहाँ देश लुट्न कुनैपनि पार्टीको कुनै नेतालाई छुट छैन, त्यसैले दुई जना मन्त्रीले बाटो खुला गरेर तत्काल अनुसन्धानको विषयलाई सहज बनाइदिनुपर्छ र प्रधानमन्त्रीले चालेको कदममा सहज हुनुपर्छ,’ उनले भने।

अनियमितताको कुरामा पक्ष, विपक्षको पार्टीको कुरा नरहने भन्दै नागरिक, देश र जनताको विषयलाई हेर्न उनले आग्रह गरे। सांसद शर्माले दुवै जना मन्त्रीहरुले तत्काल राजीनामा दिइ अनुसन्धानलाई सहज बनाउनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .