ad ad

राजनीति


सरकारले ४ हजारभन्दा बढीको ज्यान जोगाएको छ, केही गर्दै नगरेको होइन : प्रधानमन्त्री

सरकारले ४ हजारभन्दा बढीको ज्यान जोगाएको छ, केही गर्दै नगरेको होइन : प्रधानमन्त्री

नेपालखबर
असोज १५, २०८१ मंगलबार १६:५४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले ४ हजारभन्दा बढी बाढीपहिरो पीडितलाई सरकारले उद्धार गरेको भन्दै त्यो कुरा पनि ख्याल गर्न आग्रह गरेका छन्।

मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सोधिएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले केही कमजोरी पनि भएकाले त्यसलाई स्वीकार्नुपर्ने बताए। 

‘४ हजारभन्दा बढी मान्छेलाई रेस्क्यु नगरेको भए उहाँहरू बाँच्न सक्नुहुँदैनथियो। उहाँहरूको जीवन जोगाएको छ। यो कुरा पनि देख्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘केही गर्दै नगरेको होइन। सक्दो गरेको छ। केही कमजोरी भएका छन्, त्यसलाई आगामी दिनमा सच्याउनुपर्छ।’

उनले राज्यले यस प्रकारको वर्षा होला र क्षति होला भन्ने कुरा सरकारको अनुमान नभएको बताए। 

‘सरकारले गरेको पूर्वतयारीको कुराहरू यसअघिका अनुसार नै हुन्छ। ठूलै विपत्ति आइलाग्यो,’ प्रधानमन्त्री ओलीले भने।

अहिलेको बेला पूर्ण रुपमा उद्धार र राहतमा लाग्नुपर्ने बेला भएको बताए। 

‘यो बेला जनताले भोगिरहेको पीडामा उद्धार, राहत, सहयोग, पुननिर्माणका कामहरू गर्ने हो। यतिबेला यस्ता कुराहरूमा हामी नेपालीहरू सबै एक हुनुपर्छ। एक भएर साझा विपत्तिको सामना गर्नुपर्छ। यो विपत्तिले कुनै राजनीतिक रङ र पेसा छुट्याएर मर्का पार्दैन। यो साझा पीडा हो,’ प्रधानमन्त्री ओलीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .