ad ad

राजनीति


कांग्रेस बैठकमा गोपालमानको प्रश्न : बालकृष्णलाई जेल जानबाट किन रोक्न सकिएन?

कांग्रेस बैठकमा गोपालमानको प्रश्न : बालकृष्णलाई जेल जानबाट किन रोक्न सकिएन?

फाइल तस्बिर


नेपालखबर
साउन ५, २०८० शुक्रबार १९:५३, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जेल जानबाट रोक्न नसकेको भन्दै प्रश्न गरेका छन्।

मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार आफ्ना भनाइ राख्ने क्रममा उनले यस्तो बताएका हुन्। 

बैठकमा बोल्ने क्रममा श्रेष्ठले खाँणको नाम उच्चरण नगरी एकजना साथी अहिले जेलमा रहेको भन्दै उनलाई त्यहाँसम्म जानबाट रोक्न पार्टीले भूमिका नखेलेको गुनासो गरे।

‘एकजना साथीलाई पुर्पक्षमा राखिएको छ। त्यहाँसम्म पुग्न नदिनका लागि रोक्न सकिन्थ्यो, तर किन रोकिएन?,’ उनले प्रश्न गरे, ‘ती साथीलाई जेल जानबाट किन रोक्न सकिएन?’

आफ्ना भनाइ राख्ने क्रममा श्रेष्ठले अदालतले आदेश गरे पनि यस प्रकरणमा खाँणले गल्ती गरेको प्रमाणित भइनसकेको दाबी गरे। 

‘कानुनअनुसार पुर्पक्षमा जसलाई पनि राख्न पाइन्छ। तर दोषी हुनु भएन,’ श्रेष्ठले भने, ‘उहाँबारे हामीले किन केही पहल गर्न सकेनौँ। हाम्रो परिवारको एक सदस्य कारागारमा छन् तर हामीले उनलाई त्यहाँसम्म जानबाट रोक्न सकेनौँ।’

चार दिनदेखि जारी बैठकमा खाँण जेल पुगेको प्रसंगमा पनि नेताहरु विभाजित भएर मत राखिरहेका छन्। उनीहरुले अभियुक्तका रुपमा खाण जेल पुगिसक्दा पार्टीबाट निलम्बन गर्ने नगर्नेबारे पनि मत विभाजित रहेको छ।

बैठकमा बोल्ने क्रममा उनले केन्द्रीय सदस्य खाँण निर्दोष सावित भएर जेलबाट रिहा हुन सक्ने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .