ad ad

राजनीति


आगामी निर्वाचन एक्लै लड्ने गरी कांग्रेसले तयारी थाल्नुपर्छ : शेखर कोइराला

आगामी निर्वाचन एक्लै लड्ने गरी कांग्रेसले तयारी थाल्नुपर्छ : शेखर कोइराला

फाइल तस्बिर


नेपालखबर
साउन ७, २०८० आइतबार १३:१७, काठमाडौँ

नेपाली कांग्रेसका  केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी निर्वाचनमा एक्लै लड्ने गरी अहिलेबाटै तयारी थाल्नुपर्ने बताएका छन्।

जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्ने क्रममा उनले यस्तो बताएका हुन्। 

उनले अघिल्लो चुनावमा गठबन्धनबारे ठिक बेठिक भनेर अल्मलिने समय नभएको पनि बताए। 

‘कांग्रेसले गठबन्धन गरेर ठिक वा बेठिक गर्यो भनी अब बस्ने समय छैन। आगामी निर्वाचनहरु कांग्रेसले एक्लै लड्ने तयारी आजबाटै गर्नेछौँ भनी शपथ खानु पर्नेछ’, उनले भने, ‘किनकी गत निर्वाचनबाट हामीले प्राप्त गरेको पपुलर मत विभाजित कम्युनिष्ट पार्टीभन्दा पनि कम छ।

कोइरालाले गत आमनिर्वाचनमा गठबन्धन गरेर कांग्रेस संसदभित्र ठुलो दल भए पनि सरकारको नेतृत्व हातमा नआएको बताए। 

‘ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्न हामीलाई प्राविधिक कारणले सम्भव भएन तर पनि अहिले हाम्रो समर्थनको संघिय सरकार छ र प्रदेश सरकारमा पनी हामी छौँ’, उनले भने, ‘संसदमा कांग्रेस पार्टीभित्र अपेक्षित ऊर्जा प्रस्फुटन हुन किन नसकिरहेको होला भन्ने प्रश्न हाम्रोसामु छ। मलाई यो भनिरहँदा कुनै संकोच छैन, हाम्रो पार्टी यतिखेर चौतर्फी विरोधी विचारबाट मात्रै आक्रमणमा परिरहेको छैन, राष्ट्रिय र क्षेत्रीय रुपमा उदाएका नयाँ पार्टीबाट पनि चुनौतीको घेरामा छ।’ 

कोइरालाले सरकारको कामकाज समीक्षा र प्रभावकारितावारे अहिले भनिहाल्नुपर्ने समय नभएको  बताए। ‘तर गठबन्धनको मर्म अनुसार सरकार सञ्चालन भएको छ कि छैन वा मन्त्रीहरुले स्वतस्फुर्त काम गर्न पाएका छन् कि छैनन् भन्ने बिषयमा भने सोच्नु पर्ने समय आएको छ’, उनले भने। 

नेता कोइरालाले विभिन्न कारणले कांग्रेसको मूलधारबाट अलग्गिएका र छेउ किनारामा पुगेकाहरुलाई सम्मानजनक रुपमा घर फर्कने बाटो खोलिनुपर्ने बताए। 

‘कांग्रेस पार्टीले व्यक्तिको राजनीतिक सुरक्षा र राष्ट्र निर्माणमा समान अवसर सबैलाई दिन्छ भन्ने सन्देश प्रवाह गर्नसके हामीसँग अनेकन् कारणले असन्तुष्ट भएकालाई फेरी मुलधारमा ल्याउन सकिन्छ’, उनले भने, ‘तसर्थ यसअघि जुनसुकै कारणले कांग्रेसबाट अलग्गिएका साथीहरुलाई पार्टीमा पुनः एकताबद्ध हुन आहन गरौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .