ad ad

राजनीति


कांग्रेस बैठकमा सहमहामन्त्रीले ‘राजेन्द्र लिङ्देनका भाइहरू’ भनेकोप्रति भण्डारीले गरे खेद प्रकट

कांग्रेस बैठकमा सहमहामन्त्रीले ‘राजेन्द्र लिङ्देनका भाइहरू’ भनेकोप्रति भण्डारीले गरे खेद प्रकट

नेपालखबर
साउन १०, २०८० बुधबार १८:३७, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले सहमहामन्त्री फर्मुल्लाह मन्सुरले केन्द्रीय कार्यसमिति बैठकमा राखेको भनाइप्रति खेद प्रकट गरेका छन्।

बुधबार बसेको पार्टी बैठकमा समय लिएर बोल्दै नेता भण्डारीले मन्सुरको उक्त भनाईले देशभरका कांग्रेस नेता तथा कार्यकर्ताको विचारमा अपमान भएको बताएका छन्। 

मन्सुरले पार्टीको महासमिति बैठकबाटै लिखित रुपमा वैद्धिक सनातन हिन्दुराष्ट्र हुनुपर्छ भनेर बहुमत सदस्यबाट पारित भएको विषयलाई बैठकमा उठाएको भन्दै आपत्ति जनाएका हुन्। 

मन्सुरले गत साउन ७ गते बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै निर्वाचन प्रणाली, धर्म निरपेक्ष र समानुपातिक प्रतिनिधित्वको विषयमा प्रश्न उठाउने नेताहरूलाई ‘राजेन्द्र लिङ्देनका भाइ’को संज्ञा दिएका थिए। 

‘केहीवर्ष पहिले सम्पन्न महासमिति बैठकमा पार्टीका साथीहरूले लिखित रुपमा पार्टीको मुल एजेण्डा वैद्धिक सनातन हिन्दुराष्ट्र हुनुपर्छ भनेर बहुमत सदस्यहरूले दिनुभएको छ,’ भण्डारीले बैठकमा भने, ‘सहमहामन्त्री फर्मल्ला मन्सुरले हिन्दु राष्ट्रको एजेण्डा उठाउनेहरू राजेन्द्र लिङ्देनका भाइहरू भनेर आपत्तिजनक र खेदजनक शब्द  बोल्नुभयो। यस्ता कुराहरू बोल्ने हो भने हामीले पनि धेरै कुरा बोल्नुपर्ने हुन्छ। यस्ता शब्दहरू अब कुनैपनि सदस्यले कुनै पनि बैठकमा प्रकट नगर्न अनुरोध गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .