ad ad

राजनीति


अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्नुको कुनै तुक छैन : सांसद यादव

अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्नुको कुनै तुक छैन : सांसद यादव

नेपालखबर
साउन १०, २०८० बुधबार १९:२६, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्नुको कुनै तुक नभएको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्नुको कुनै तुक नभएको बताएका हुन्। 

‘गृहमन्त्री र अर्थमन्त्रीको जुन संलग्नताको कुरा आइराखेको छ, त्यो विषयमा म ठ्याक्कै के भन्ने हो भने राज्यले आफैं समातेको छ। अनि गृहमन्त्री, अर्थमन्त्रीको संलग्नता कसरी भयो?,’ उनले भने, ‘यो पनि प्रश्न छ नि। राज्यले समातेको छ। अरूले समातेको छैन। कुनै व्यक्तिले समातेको छैन। राजीनामा माग्नु कुनै तुक होइन। आरोप ठहरियो, संलग्नता देखियो भने राजीनामा मागिन्छ।’ 

उनले कुनैपनि आरोपमा संलग्नता देखियो भने मात्रै राजीनामा मागिने बताए। उनले तस्करी भएको सुनलाई राज्य आफैंले समातेको भन्दै यसकै आधारमा अर्थमन्त्री र गृहमन्त्रीको संलग्नतामाथि प्रश्न उठाउनु नहुने बताए।

‘यसलाई दह्रो तरिकाको मजबुद आयोग बनाउने, अनि छानविन दह्रो तरिकाले गर्नुपर्छ,’ उनले भने। उनले सुन तस्करी प्रकरणको छानबिन गर्न बलियो आयोग नै बनाउनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .