ad ad

राजनीति


सुन तस्करी प्रकरण र कोशीको संकटबीच बालुवाटारमा प्रचण्ड-ओली वार्ता

सुन तस्करी प्रकरण र कोशीको संकटबीच बालुवाटारमा प्रचण्ड-ओली वार्ता

फाइल तस्बिर


नेपालखबर
साउन १४, २०८० आइतबार १३:२५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा डेढ घण्टा लामो वार्ता भएको छ।

प्रधानमन्त्री प्रचण्डसँग वार्ताका लागि अध्यक्ष ओली आइतबार बिहान साढे ९ बजे बालुवाटार पुगेका थिए।

त्यहाँ उनीहरुबीच करिब डेढ घण्टा लामो वार्ता भएको छ। बालुवार श्रोतका अनुसार वार्ताको विषय कोशी प्रदेश थियो।

कोशी प्रदेशमा कांग्रेसका उद्धव थापाको गत असार २१ गते भएको मुख्यमन्त्रीको नियुक्ति रद्द भएसँगै सरकारविहीनताको अवस्था छ।

यस्तो अवस्थामा दुई नेताबीको कोशीको संकटको निकासका उपायबारे छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

सर्वोच्चको अदालतको आदेशपछि कोशी अहिले सरकारविहीन अवस्था छ। थापाको नियुक्ति मुख्यमन्त्रीको कार्यालयमा फोटो नराख्ने गरी रद्ध भइसकेको छ।

उता यसअघि असार १५ देखि कामचलाउ बनेका एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई पनि प्रदेश प्रमुख परशुराम खापुङले कामचलाउको मान्यता दिएका छैनन्।

यस्तोमा कोशी अहिले सकरारविहीन शून्यताको अवस्थामा छ। कोशीमा एमालेले यसअघि नै संविधानको धारा १६८ को उपधारा तीन अनुसार सरकारमा दाबी गरेको थियो।

तर उता गठबन्धनले सभामुख बाबुराम गौतमको पनि हस्ताक्षर जुटाएर बहुमतसहित सरकार बनाएको थियो। जुन सरकार २२ दिनमै खारेजीमा परिसकेको छ।

यस्तोमा कोशीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई रिझाएर बहुमत जुटाउने प्रयासमा छ।

तर अहिलेसम्म राप्रपाले आफूलाई मौन राखेको छ। यदि प्रदेश प्रमुख परशुराम खापुङले दिएको असार १६ गतेभित्र पनि सरकार नबने उपाधारा ३ मा गएर एमालेको सरकार बन्ने छ।

सोमबारसम्म सरकार बनाउनुपर्ने दबाबमा रहेको कोशीलाई लिएर छलफल भए पनि दुई नेताको तर्फबाट यसबारे औपचारिक भनाइ आएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .