ad ad

राजनीति


उपेन्द्रलाई प्रचण्डले भने- मैले त उहाँलाई ‘कमरेड’ नै भन्ने गरेको छु

उपेन्द्रलाई प्रचण्डले भने- मैले त उहाँलाई ‘कमरेड’ नै भन्ने गरेको छु

नेपालखबर
साउन १४, २०८० आइतबार १४:२५, काठमाडौँ

प्रधानमन्त्री तथा पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई ‘कमरेड’ नै भन्ने गरेको बताएका छन्। 

आइतबार समाजवादी विद्यार्थी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। 

उनले कार्यक्रमको सुरुमा बोल्दैगर्दा नेताहरूलाई सम्बोधन गर्ने क्रममा जसपा अध्यक्ष यादवलाई आफूले ‘कमरेड’ भन्ने गरेको बताए। 

‘...जनता समाजवादी पार्टीका अध्यक्ष, मैले त कमरेड नै भन्ने गरेको छु, कमरेड उपेन्द्र यादव,’ प्रचण्डको भनाई थियो। 

उनले अध्यक्ष यादवालाई कमरेड सम्बोधन गर्दासाथ हलको फ्लोरबाट विद्यार्थी नेता कार्यकर्ताहरूले हलमा बजाएको तालीको गडगडाहट सुनियो। 

यसअघि असार ४ गते आयोजित समाजवादी मोर्चा घोषणा कार्यक्रममा पनि प्रचण्डले उनलाई कमरेड सम्बोधन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .