ad ad

राजनीति


रात्रिबस सञ्चालन भएको र नख्खुको घटनाबारे छानबिन हुुनपर्छ : गगन थापा

रात्रिबस सञ्चालन भएको र नख्खुको घटनाबारे छानबिन हुुनपर्छ : गगन थापा

नेपालखबर
असोज १५, २०८१ मंगलबार १६:१०, काठमाडौँ

नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले रोक लगाउँदा लगाउँदै रात्रिबस सञ्चालन भएको भन्दै यसको छानबिन गर्न माग गरेका छन्। 

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सरकारले विपद्को पूर्वतयारीस्वरुप रात्रिबस सञ्चालन नगर्न निर्देशन गरेको भएपनि रात्रिबस सञ्चालन भएको भन्दै यस बारेमा जवाफ माग गरेका छन्।

सरकारको निर्णय विपरित रात्रिबस सञ्चालन भएको विषयलाई कसै न कसैले जिम्मा लिनुपर्ने थापाले बताए।

‘गृहमन्त्रीलाई म ध्यानाकर्षण गराउन चाहन्छु, रात्रिबस सञ्चालन नगर्ने भनेर निर्णय भएको एकातिर देखिन्छ। अर्कोतिर रात्रि बस सञ्चालन भएको देखिन्छ। यसको कसै न कसैले जिम्मा लिनुपर्छ। छलफलको विषय मात्रै भएर हुँदैन,’ सांसद थापाले भने।

उनले नख्खु बाढीमा फसेकाहरूको उद्धार गर्न नसकिएको विषयमा पनि छानबिन हुनुपर्ने बताए। 

‘नख्खुकै सन्दर्भमा पनि त्यहाँ प्रहरी लगायतका अधिकारीहरू पुगेको भन्ने सन्दर्भ छ, गृहमन्त्रालयले यी दुवै विषयको सत्यतथ्य के हो भन्ने बारेमा छानबिन पनि गर्ने। राजनीतिक नेतृत्वको कमजोरी हो भने त्यो कमजोरीलाई स्वीकार गर्ने। राजनीतिक नेतृत्वले ठिक ढंगले गर्न खोजेको तल कसैले नगरेको हो भनेपनि कसले नगरेको हो? प्रमुख जिल्ला अधिकारीले नगरेको हो भने भन्नुप¥यो। प्रहरी प्रमुखले नगरेको भए प्रहरी प्रमुखले भन्नुप¥यो। कसै न कसैले जिम्मा लिनुपर्छ। कसैले पनि जिम्मा नलिने भयो भनेदेखि हामी यस्तै हो भन्नेतिर जान्छ। यसको बारेमा तुरुन्तै छानविन गर्ने र जो दोषि हो दोषिले भागिदार बन्नुपर्छ,’ थापाले बैठकमा भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .